चाडबाडका बेला नागरिकमाथि सास्ती हुन भएन

पछिल्लो प्राकृतिक विपद्ले यातायात क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। एकातिर यातायात व्यवसायी र यातायात मजदुरहरुको पेशागत र व्यवसायिक सुरक्षामा ध्यान दिनुपर्ने छ भने अर्कोतिर दशैँको समयमा गाउँ फर्कने यात्रुको आवागमन सहज, सुलभ र सुरक्षित बनाउनुपर्ने छ।

म आफैले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा सडक पूर्वाधार ध्वस्त भएको, यातायातका साधन फसेका, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको थिएँ।

मैले आज यस सम्बन्धी विस्तृत जानकारी लिन र चाडबाडका अगाडि नागरिकमाथि हुने सास्ती रोक्नका लागि यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी साथीहरुसँग छलफल गरेको छु।

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले यातायात क्षेत्रले भोग्नु परेका पीडा सम्बोधन गर्न र दसैँको बेलामा आम नागरिकको यात्रालाई सहज र सुरक्षित बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु।

कात्तिक ६, २०८१ बुधबार ५:५:४६