प्रधानमन्त्रीद्वारा भ्रमणबारे माओवादी केन्द्रका नेताहरुलाई जानकारी

भदौ २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे ने.क.पा. (माओवादी केन्द्र) का नेताहरुलाई जानकारी गराउनु भएको छ ।
बुधबार बिहान प्रधानमन्त्रीको नीजि निवास लाजिम्पाटमा सम्पन्न केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे नेताहरुलाई जानकारी गराउनु भएको हो । बैठकपछि माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘प्रधानमन्त्रीले भारत भ्रमणबारे बैठकलाई जानकारी गराउनु भयो । यो भ्रमण मूख्यतः गुडविल भिजिट हो । दोस्रो, विगतमा नेपाल र भारतका बीचमा भएका सहमति, समझदारी कार्यान्वयन गर्ने र तिब्रता दिनेमा केन्द्रित हुनेछ । भ्रमण मूलतः हुलाकी राजमार्ग, पूननिर्माण, विद्युत् व्यापार सम्झौता आदिमा केन्द्रित हुनेछ ।’
प्रवक्ता भुसालका अनुसार माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिँदै भ्रमण दुई देशको सम्बन्ध सुदृढ गर्न र नेपाल राष्ट्रिय हितको पक्षमा काम गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

कात्तिक ११, २०८१ आइतबार १७:५:४०