राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणबारे राष्ट्रपति कार्यालय शितल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट । भेटमा सम्माननीय प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका विषयमा सम्माननीय राष्ट्रपति र सम्माननीय उपराष्ट्रपतिलाई ब्रिफिङ गर्नुभएको थियो ।

कात्तिक ११, २०८१ आइतबार ११:१४:५५